सुनौलो साहित्य » Home
यात्रा सस्मरण  – अनवरत यादहरु

यात्रा सस्मरण – अनवरत यादहरु

नबराज क्षितिज/ सुनौलो नेपाल नारायणघाटको पुलचोकमा केहिबेर पर्खिएपछि निधारमा मध्येपश्चिम यातायात लेखेको बस रोकियो । फुच्छे झोला झुन्ड्याउदै बस भित्र चढें । हिजो बेलुकासम्म मन अमिलो बनाउँदिन भनेर सोचिरहेथें तर बाइ भन्दै गर्दा परेलीहरुमा आँसु फलिहालेछ । म बस्नु भन्दा अगाबै आँशुका ढिक्काहरु म बस्ने सिटमा बसिहाले । समय जिन्दगी बनेर थोपा थोपा बग्दोरहेछ निरन्तर । म युद्दमा... पुरा पढ्नुहोस ..

गोदावरीको यात्रा : आहा कति सुन्दर छ मेरो देश

गोदावरीको यात्रा : आहा कति सुन्दर छ मेरो देश

-रेश्मी लामिछाने  बादलुको घुम्टोले धुम्म परेको दिन थियो । कुनै बेला बादल फाटेजस्तो कुनै बेला बादल अध्यारो भए जस्तो ।  आकाशले पनि आफ्नो रँग छिनछिनमै बदलिइरहेको थियो । हामीले पनि आफ्नो गन्तव्य बदलेर फर्पिङ्गको बाटो मोडी गोदावारीको बाटोतिर लम्केका थियौ । दक्षिणकालीको बाटो बिग्रेकोले त्यता जाने गाडी नचलेको जानकारी भएपछि हामीले गोदावारी जाने निधो गरेका थियौ । बिहानको ११... पुरा पढ्नुहोस ..

कहिलै बिर्सन नसकिने विदेशका यातनाहरु…!

कहिलै बिर्सन नसकिने विदेशका यातनाहरु…!

पृथीछक बुढा मगर प्रदेशमा पाँच दिन भोको हुँदाको क्षण बिहे भएको ८ महिना पछि, श्रीमती गर्भवती थिईन । चटक्कै छोडी, जुन महिना २००४ को एउटा रात, गर्मी मौसमको उच्चतम बिन्दुमा पुगिसकेको थियो अरवको देशमा । खाडी देश युएईको सुबिधा सम्पन्न दुबई अन्तरास्ट्रिय विमान स्थलमा ओर्लिने बेला लाग्यो, म स्वर्गको यात्रामा निस्किसकेको छु । यहाँ सुन फल्छ । रुखमा दिराहम टिप्न पाइन्छ । यस्तै लागेको... पुरा पढ्नुहोस ..

धोकेबाज पुरुषको त्यो पापी मनले बिचल्ली बनायो।

धोकेबाज पुरुषको त्यो पापी मनले बिचल्ली बनायो।

“आयुष्मा.. ओ आयुष्मा... कहाँ मुन्टियो फेरि राक्षेसको बच्चा ?” “हजुर ममी म आइहाले । बुनु सुत्नै लाग्यो के ”। छिमेकी दिदीको दिन यसरी नै सुरु हुन्छ । मैले देखेको दुईवर्ष भयो, यो दिदीलाई सधै झर्किने अनि चिच्याएर बोल्ने गर्छिन । उफ.. कहिलेकाही त सारै दिक्क लाग्ने गरि बोल्छिन । तर अचेल कम भाको छ दिदीको चर्काई । अस्ति रुदैंथिन डाको छोडि छोडि । के भयो भनेर बुझ्न यसो साँझतिर छिरेको थिए तिनको... पुरा पढ्नुहोस ..

‘प्रदेशमा त सारै दु:ख छ’ गित रेकर्डिङ हुँदाहुँदै गायिका टिका पुन रोइन!

‘प्रदेशमा त सारै दु:ख छ’ गित रेकर्डिङ हुँदाहुँदै गायिका टिका पुन रोइन!

भान्जा एउटा गित बनाएको छु, कस्तो भयो सुन्नु त ? हरि मामाले फेसबुकको इनबक्समा थोरै अडियो रेकर्ड पठाउनु भयो। लोक गित भने पछी खासै सुन्न इक्छा जागेन तर पनि मामाको आग्रह टार्न सकिन। प्रदेशमा त साहरै दुख छ। सोच्या थिए स्वदेश हुदा पैसा टिप्न पाइन्छ पैसा फल्ने ठुलै रुख छ। सुन्दै जाँदा मेरा आँखाबाट आँशु नै झरे! खासमा म आधुनिक गीतको पारखी मान्छे हुँ तर यो लोक गीतले किन यति धेरै हृदय... पुरा पढ्नुहोस ..

उडिरहने बैशालु ‘पन’

उडिरहने बैशालु ‘पन’

-रेश्मी लामिछाने  पाइला कस्तो भारी भाछन आज । जति अघि बढ्छु त्यतिनै गतिमा कमी आएजस्तो, जति हिड्यो त्यतिनै पछाडी सरेजस्तो, कतै नमिठो व्यथाले चिमोटेजस्तो । अध्यारोले ढाकेको कालो बाटोलाई पछ्याउदै हिडिरहेको छु । कति अनौठो यात्रामा आज म हिडिरहेछु त्यो पनि नितान्त एक्लो । एक्लोपनको भयले त होनि म आज एक्लै यो यात्रामा छु । हजारको भिडमा भोगेको एक्लोपनले आज मलाई यहा ल्याएको छ । सबै... पुरा पढ्नुहोस ..

मुग्लानी जे. सागरको कोशेली ‘यत्ति भए पुग्छ’

मुग्लानी जे. सागरको कोशेली ‘यत्ति भए पुग्छ’

१३ बैशाख२०७४/ युएई साहित्यकार एवं पत्रकार जे.सागर मुग्लानमा निक्कै चर्चित नाम हो । रोजगारीको शिलसिलामा युएईमा रहदै आएका जे सागरका साहित्यिक प्रसतुतिहरुले रेगिस्थानका मन्चहरुमा राम्रो छाप राख्ने गरेको छ । तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ? खाडी ऊड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ? पछिल्लो समय चर्चामा रहेको यो गजलका गजलकार जे सागरको गजल सग्रह “यति भए पुग्छ” चाडै गजल... पुरा पढ्नुहोस ..

दमौलीलाई परदेशीको पत्र :मिस यु दमौली

दमौलीलाई परदेशीको पत्र :मिस यु दमौली

 *** प्रिय दमौली ।  * समयले मेरो दैनिकीमा एकोहोरो लगाम लगाएपछि हो, मैले सोचेजस्तो नभएको । मनमा तिमिलाई भेट्ने चहाना हुदाहुदै पनि बारम्बार भेट्न आउन नसकेको । तर तिम्रो माया मेरो मुटुभरी ब्यास गुफा जस्तै खोपिएर बसेको छ । जुन मैले चाहेर पनि कहिल्यै बिर्सन सक्दिन । *  महङ्गीको हिमचुली झन्झन् चुलिदै जाँदा मेरो गरिबखानामा एकछाक मकै खाएर र अर्कोछाक भोकै बसेर दिनहरु बिताउन बाध्य थिएँ... पुरा पढ्नुहोस ..

प्रेम पत्र -‘भ्यालेन्टाइन डे बिशेष’

प्रेम पत्र -‘भ्यालेन्टाइन डे बिशेष’

प्रिय अन्जू, धेरै माया ।  *** प्रेम कुनै धर्म, जातजाति र भुगोलसँग जोडिनु हुदैन र जोडिदैन पनि । त्यसैले होला मैले तिमिलाई माया गरिरहेको छु ।तिमिलाई त थाह छैन होला, तिम्रो सम्झनाको बाछिट्टाले मेरो हृदय भिजिरहेको हुन्छ आजभोलि । म भौगोलिक रुपमा टाढा भए पनि तिम्रो समिपमै छु  झैं लागिरहन्छ । म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि ।... पुरा पढ्नुहोस ..

कर्णालीका युवाले प्रदेशबाट लेखे सभासदलाई चिठ्ठी

कर्णालीका युवाले प्रदेशबाट लेखे सभासदलाई चिठ्ठी

पूर्णसिङ बम ठकुरी  माननीय सभासद तथा पुर्ब जनमुक्ति सेना नेपाल डिभिजन कमान्डर महेन्द्रबहादुर शाही 'क.प्रज्वल' ज्यु । प्रवासको यो मरुभूमिको तातो घामबाट रक्तिम लाल अभिबादन । अतीत र बर्तमानका सुनामीहरु यो मस्तिष्कमा चलिरहदा प्रबासको मरुभूमिबाट तपाईंलाई एक चिठ्ठी लेख्न मन लाग्यो । विशेष त कर्णाली कालिकोटको म गरिब बस्तीको मान्छे, त्यसमा पनि पिछडिएको पलाताको थिर्पुमा जन्मेको... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै