केबी गुरुङ/सुनौलो नेपाल

विश्वको चाल वा गति सुचना प्रवाहमा निर्भर रहेको सत्य हो। जव सुचना सञ्चार धारावाहिक हुन्छ तब यो दुनिया गतिमा छ भन्ने कुराको अनुमान सजिलै गर्न सकिन्छ। मानौं सुचना प्रबाह रोकिएको दिन दुनियाको चाल पनि रोकिनेछ र अन्धकार हुनेछ।

आधुनिक विश्व बिकाशको मापन आधार सञ्चार माध्यम पनि हो। धर्तिमा मात्र होइन खुल्ला आकाशको मापनगर्ने सामर्थ्य राख्दै सुचना सन्चारले बिकाश गरेको छ। उक्त मापन आधारहरु उपयोग र प्रयोग विधिहरुमा सहजीकरण भएका छन्, जसको लागि सञ्चार उपकरणहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको छ।

त्यसकारण पनि बिकशित मानव चेतनाको आवरण सञ्चार क्षेत्र हो। बिकशित विश्वको चाल तथा गतिको आवरण पनि सञ्चार क्षेत्र हो। सम्भवतः सञ्चार क्षेत्रको आधुनिक बिकाश विना विश्व बिकाश अधुरो हुनेछ, अनि विश्व मानव चेतनामा ह्रास आउने छ र चेतनाहिन सुन्य सुन्य हुनेछ।

त्यसैले भनिएको होला राज्यको चौथो अंग सूचना संचार हो, जो अत्यन्त संबेदनशील र जिम्मेवार पनि छ।

विश्व सुचना संचार माथिको बिकाशक्रम र पद्दतिहरु आ-आफ्नै होलान तर नेपाली संचारक्षेत्रलाई हेर्दा पनि उलेख्य बिकासको फड्को मारेको छ । हामी जहाँ र जुन ठाउमा छौ, त्यहि सन्चार माध्यम बनेर प्रवाहित भएका छौ र नागरिक पत्रकारिताको अबधारणा ग्रहण गरिरहेका छौ। जसले सम्बन्धित क्षेत्रका गतिविधिहरुलाई प्रवाहगर्न सहजीकरण गरेको छ। हरेक खबरहरु समयको सेकन्डको गतिमा प्रवाह हुनेगरेका छन्।

युएईको पत्रकारिता    

युएइमा २००७ मा स्थापना भएको पत्रकार महासंघ आज १० बर्षमा कुदिरहेको इतिहास छ। उक्त अवधिभरि ४० भन्दा धेरै व्यक्तिहरु पत्रकार महासंघमा आबद्द रहेको इतिहास भेटियो। भर्खरै पुनः गठित पत्रकार महासंघ युएइको संख्या २० जनाको छ भने त्यत्तिकै मात्रामा अन्य कलमजीवीहरु (महासंघ बाहेकका) युएइमा रहेको तथ्यांक छ।

नेपाल पत्रकार महासंघको ६२औं बार्षिक उत्सवको अवसरमा पत्रकार महासंघ युएई शाखाद्वारा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम उत्साहजनक रह्यो। उक्त कार्यक्रममा पत्रकार महासंघका प्रतिनिधिहरु र अन्य कमलजीबीहरु बीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम भएको थियो।

युएई महासंघले संकलन गरेको पत्रकारडाटा अनुसार सरदर ४० देखि ५० सम्मका कलमजीवीहरुले युएइमा कलम चलाई रहेको तथ्यांक भेटियो । तर ति मध्येबाट उपस्थिति भने सोचेजति देखिएन।

महासंघका वर्तमान सचिप मेघराज सापकोटाद्वारा संचालन गरिएको औपचारिक कार्यक्रमको सभापति पत्रकार महासंघका अध्यक्ष भूपराज बस्याल रहनु भएको थियो। अतिथिहरुमा त्रिलोचन कोइराला (निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार), निमेश गिरि (भूपू सल्लाहकार समिति सदस्य), बिनोद श्रेष्ठ (केन्द्रिय प्रतिनिधि), हरि नेपाली (केन्द्रिय प्रतिनिधि) रहनु भएको थियो। पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष लक्षमण खनालले उपस्थित पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम संचालन गर्नु भएको थियो।

युएइको हकमा पत्रकार महासंघको आयोजनामा पत्रकारहरु बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको यो पहिलो भएको महासंघले बताएको छ। पत्रकारहरु बीच एकता र समन्वयका लागि महासंघले गरेको यो पहल अत्यन्त बस्तुगत र सकारात्मक रहेको छ।

समस्याहरु

युएइमा सरदर ४ लाख नेपाली कामदार छन् र जस्का खबर संवाहक यिनै पत्रकारहरु हुन्। एउटा नेपाली अन्तर्राष्ट्रिय बजारमा व्यसायिक सफलताको शिखरमा चढ्दा उनको पाइलो पछ्याउने देखि विदेशको सडक गल्लीहरुमा भेटिने नेपाली नागरिकहरुको समस्यालाई पर्दा अगाडी ल्याउन यिनै कलमजीबीहरु लागि परेका छन्।

पछिल्लो समय भिजिट भिसामा सेटिंग प्रक्रियाले निम्त्याएको मानव तस्कर युएइमा डरलाग्दो भएर देखियो, तिनै तस्करहरुको असलिरूप पर्दा अगाडी ल्याउन युएइमा कार्यरत पत्रकाहरुको भूमिका सह्रानीय रहेको छ । धेरै बिपतमा परेका नागरिकहरुलाइ राहात तथा उद्दार मिलेको पनि छ।

युएइको कानुनका सामु यिनै कलमजीबीहरू गैरकानुनि छन्, रोजगारमा आएकाहरु पत्रकारिता गर्नु युएइमा गैरकानुनि मानिन्छ । तर पनि कानुनि मूल्य मान्यता तोडेर कलम चलाउने साहास बोक्नेहरु कलमबिर नै हुन्, किन भने सतहमा समस्याहरु छताछुल्ल हुँदा कलम चलाउन जानेकाहरू टुलुटुलु हेरेर बस्नु मानविय धर्म भित्र पर्दैन।

तसर्थ जोखिम उचालेर कलम चलाउनु उनीहरुको विवसता नै हो । त्यो संगठित भएर होस् वा असंगठित भएर होस।

यिनै जोखिम उचालेर कलम चलाउने कलमवीरहरुको संरक्षणका लागि पत्रकार महासंघको अबधारणा के छ? अन्तरक्रिया कार्यक्रमको यहि सवालमा पत्रकार महासंघको उत्तर थियो, “हामी स्वयं संबेदनशील परिबेशमा कलम चलाई रहेका छौ” बुझ्नुस कि, युएइको कानुन सामु हामी संग अहिले पनि हिजोको पंचायती ब्यबस्था कायम छ। पंचायतकालमा पत्रकारहरुलाई खुलेआम कलम चलाउन बन्देज थियो, कलम चलाउनु परेमा राज्यको पक्षपोषणमा मात्र छुट थियो, अन्यथा कलम चलाउनेहरुको औला काटिन्थ्यो। आज त्यस्तै औला काटिने स्थितिमा युएईमा पत्रकारहरुले कलम चलाउनु परेको छ” । हो महासंघ संघ यो भन्दा आर्को उत्तर पनि थिएन।

किन भने, प्रबासी पत्रकारहरुको हकहितका लागि संरक्षण विधि न त राज्यको कानुनमा छ, न त नेपाल पत्रकार महासंघमा छ भने पत्रकार महासंघ युएई संग संरक्षणको मुद्दाहुने कुरापनि भएन।

युएइको कानुनलाई साँच्चै दृष्टिगत गर्दा हामीलाई पत्रकारिता गर्न सक्त मनाही छ, तर ४ लाख मजदुरहरुका समस्याहरु धरातलमा भेटिदा तिनै समस्याहरु कलमको सहारामा टिपेर संबन्धित निकाय सम्म पुर्याउनु र सहजीकरण गर्नु कलमबीरहरुको धार्मिक दाइत्व हो।

तर बिडम्बना के भयो भने, उक्त अवैधानिक पत्रकारितालाई युएइमा रहेका नेपाली दलालहरुले हतियार बनाएर, आफ्नो मानव तस्कर कार्यलाई बिजय बनाउने अभियानमा अहोरात्र जुटेका छन् र उनीहरु धम्क्याउदै भन्छन, युएइको कानुन सामु अवैध पत्रकार गर्दै हाम्रो बिरुद्द कलम चलाउन छुट छैन। यत्ति मात्र नभएर युएइको जेलमा सडाईदिने धम्कि समेत दिन्छन । पत्रकारहरु दैनिक धम्कीहरुबाट पिडित बनेका छन्।

फलस्वरुप, युएई कानुन सामु कलमजिबिहरुको आफ्नै कलम आफैमाथि दुश्मनबनि उभिदिन्छ तर तिनै दलालिहरू मानव तस्कर गरेको प्रमाण छाप बनेर उनको निधारमा कहिँकतै लेखिदैन र अन्ततः दलालहरुकै जित हुने स्थिति छ।

समाधानहरु

युएइको आन्तरिक मामलामा दखल हुनेगरी समाचार प्रसारण गर्ननहुने कुराको राम्रो संग ख्याल गर्दै नेपाली रोजगारहरु बिचका समस्या संग केन्द्रित रहेर समाचार सम्प्रेषण गर्न पाउने वातावरणमा राज्यले पहल गर्नुपर्छ। नेपाल पत्रकार महासंघले प्रबासी पत्रकारहरुको सुरक्षा बिषयमा आन्तरिक धारणा निर्माण गर्नुपर्छ।

कलम चलाउने पत्रकारहरु दलालका कारण पुलिसको हिरासतमा पुगेका घटनाहरु पनि पत्रकार महासंघ युएई संग छन। जसको कारण सत्य खबर प्रवाहबाट पत्रकारहरु पछी हट्नुपर्ने स्थिति देखिन्छ।

कहिँकतै पत्रकारिता क्षेत्रमा देखिने अपरिपक्वताको कारण पनि समस्याहरु आउन सक्ने स्थिति पनि होलान तर सत्य खबरमाथि छानबिन गरि राज्यले पत्रकारहरु माथि आईपर्ने समस्याको समाधान बिषयलाई युएइमा लागुगर्न नसके पनि राज्यद्वारा दलालहरुलाई युएईबाट डिपोर्ट गराई कानुनी कारबाही गर्ने वातावरण बनाउन आबस्यक छ।

पत्रकाहरुले राजनीतिक आस्था राखेपनि मिसन पत्रकारिता अवलम्बन नगर्न महासंघले पत्रकारहरुलाई सुजाएको छ। मानवीयता र नैतिकतालाई पत्रकारिताको आचार संहिता मानेर कलम चलाउन आह्वान गरेको छ। यहाँ युएइमा रहेका पत्रकाहरु संग समन्वय गर्दै एकता बढ्द भएर कलम चलाए भलाईहुने बताएको छ। युएई पत्रकारहरु एकता र समन्वयका बिचमा कलम चलाउन सके हामी आफै सुरक्षितहुने महासंघले जोड दिएको छ।

युएइ कानुनबारे थाहापाउन, संबन्धित निकायका स्थानीय विशेषज्ञहरु संग भेटघाट तथा छलफल परामर्श कार्यक्रमहरुको वातावरण निर्माणगर्ने आश्वस्त बनाएको छ। पत्रकारिता आचारसंहिता र पत्रकारिता सिपमुलक कार्यक्रम सहितको बार्षिक क्यालेन्डर निकाल्ने तयारीमा पत्रकार महासंघ जुटेको बताएको छ।

पत्रकार महासंघ युएई संग समन्वयगर्दै सत्य खबर प्रवाहित गर्न अनुरोध गर्दै, खबर प्रवाहलाई राष्ट्रियकरण गर्न पत्रकार महासंघले सहयोग गर्ने प्रतिबद्धता गरेको छ। युएई पत्रकारहरुको संरक्षण तथा सुरक्षाका वैकल्पिक आधारहरु तयगर्ने आश्वस्त तुल्याएको छ।

युएई पत्रकारहरुको सुरक्षा र संरक्षणको भरपर्दो आधार भनेको युएईमा रहेका पत्रकारहरु बीच एकता र समन्वय नै सुरक्षाको बलियो आधार भएकोले कलमविरहरु एकतामा बाँधिन प्रेरित गरेको छ। समग्रमा अन्तक्रियाको मूलमर्म पनि यहि रहेको थियो।

प्रकाशित मिति ९ अप्रिल २०१७

२७ चैत्र २०७३, आईतवार ०६:५२ मा प्रकाशित