***
सुनौलो नेपाल/दुबई ।
 *
नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । जेबलअली, दुबईको एक मजदुर क्याम्पमा गत ७ अप्रिलमा सुरु भएको प्रतियोगितामा युएईका विभिन्न संघसंस्था लगायत कम्पनीमा कार्यरत १४ वटा टिमले सहभागिता जनाएका छन् ।
 *
नयाँ वर्षको शुभकामना आदानप्रदानसहित परदेशको संघर्षपूर्ण जीवनमा खेलकुदप्रतिको नेपाली युवाहरुको मोहलाई सम्बोधन गर्न नेपाली समुदाय युएई, जेबेलअली पार्कोे एकाईको आयोजनामा उक्त प्रतियोगिता गराइएको समुदायका अध्यक्ष मुनप्रसाद गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताको लाभांश हेटौंडाका विपन्न तथा दुर्घटनाबाट सिकिस्त, हरिराम राना मगरको उपचार खर्च गरिने खेलकुद संयोजक प्रदिप ठकुरीले अनलाइनखबरलाई बताएका छन् ।
 *
विदेशमा नेपाली पहिचान र राष्ट्रियता झल्काउँदै नेपाली राष्ट्रयगानबाट खेलको प्रारम्भ गराइएको थियो । नेपाली समुदायलाई विगतदेखि निरन्तर साथ सहयोग दिदै आएका व्यापारिक संस्थानहरु प्रान फुड, अल बारा मिनी मार्केट, कजिमा ट्राभल एन्ड टुरिजमले यस प्रतियोगितामा विशेष प्रायोजकको रुपमा उपस्थिति जनाएका थिए ।
प्रतियोगिताको सेमी फाइनल र फाइनल खेल तथा पुरस्कार वितरण, प्रायोजक सम्मान कार्यक्रम लगायत सहयोगी मध्ये भाग्यशाली एक जनालाई हवाई टिकटको बिजेताको घोषणा आगामी १४ अप्रिल २०१७, शुक्रबारको दिन आयोजना गरिने बताइएको छ । नेपाली समुदाय युएईको तेस्रो शृंखलाको रुपमा यस अन्तर सामुदायिक भलिबल प्रतियोगितामा एक हजार ५ सयभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो । खेल अत्यन्त प्रतिस्पर्धात्मक, मनोरन्जनात्मक र शानदार भएकोे दर्शकहरुले प्रतिक्रिया दिएका थिए । सेमीफाइनलमा पुगेका चार टिमबीच कडा प्रतिस्पर्धा हुनेछ ।
 *
समूह ए मा जेपिटी डिआईपी टिम र नेपाल स्पोर्ट क्लबबीच पहिलो प्रतियोगिता हुनेछ भने समूह बी मा दोस्रो खेल हातेमालो अबुधाबी र ढोरपाटन अबुधाबीबीच हुनेछ । दुबै समूहका विजेता टिमले नेपाली नयाँ वर्षको पहिलो दिन दुबईमा फाइनलका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।
समाचार सहयोगी आरपी सहयात्री÷श्यामकृष्ण