बिश्वास  चन्द ‘बिज्ञान’

“बस्तुको बिकास  र बिनास हुनु मा बस्तु भित्र को आन्तरिक कारणप्रमुख हुने गर्छ” – क. माक्र्सवाद

माक्सबादको भनाइ अनुसार बस्तुको बिकास र बिनास हुनुमा सधै बस्तु भित्रको आन्तरिक कारण मात्र प्रमुखहुने जिकिर तथाफि बाहिरी  कारणलाई पुरै अस्विकार र निषेध गरेको अर्थ लाग्छ । जसको फलस्वरूप  आन्तरिक कारणलाई मात्र दोष आरोप एकतर्फी  रुपमा थोपरि रहदा एउटा पाटो उज्यालो भए पनि अर्को पाटो अँध्यारो नै हुने हुदा न्याय मर्छ। अझ यो भन्दा दीर्घकालीन महत्व को बिषय यो छ कि  बुढी मरि भनेर चिन्ता गर्नु भन्दा पनि काल पल्कने खतरा हुन्छ ।

तर यो पङ्तिकारको ठम्याई कहो भने “बस्तुको बिकास र बिनास हुनुमा  सधै बस्तु भित्रको आन्तरिक कारण मात्र  प्रमुख नभएर  भिन्न भिन्न परिस्थितिको घटनामा कहिले आन्तरिक कारण प्रमुख हुन्छ भने  कहिले बाहिरी कारण प्रमुख  हुने गर्छ”।

जब आन्तरिक कारण प्रमुख हुन्छ, तब बाहिरी कारण सहायक बन्छ । जब बाहिरी कारण प्रमुख हुन्छ तब  आन्तरिक कारण  सहायक बन्छ।

घटनाको गहिरो बैज्ञानिक अनुसन्धान पश्चात् प्रधान र सहायक  कारण पत्ता लाग्छ। यानिकी,  घटनाको तथ्य बाट सत्य पत्ता लाग्छ।

तर  माक्र्सवादले भने जस्तो बस्तुको बिकास र बिनास हुनुमा आन्तरिक कारणलाई मात्र दोष आरोप थोपर्ने हो भने बुढी मरि भनेर चिन्ता गर्नु भन्दा पनि काल पल्कने खतरा पैदा  हुन्छ। फलस्वरुप,  माक्र्सवाद बिज्ञान नभएर बिकृती बन्न पुग्छ ।

सामान्यतया: सबै बस्तु र घटनाक्रम सङ्ग संबन्धित  कारणहरु दुई प्रकारका हुन्छन। जस्तै आन्तरिक कारण र बाहिरी कारण अथवा प्रमुख कारण र सहायक कारण ।

जहिले पनि प्रधान कारण  दोषी वा  जिम्मेवार  हुन्छ, अथवा  सजाएको भागिदार  हुन्छ, हुनुपर्छ । सहायक कारण  दोष मुक्त हुन्छ। अथवा  नैतिक जिम्बेवारी लिन्छ । यो कुरा बिगत र बर्तमानको निम्ति मात्र सत्य नभएर भबिस्यको निम्ति पनि त्यति कै सत्य हो।

मालेमाबाद मानव समाजको बिचार र बिज्ञान हो।  यसर्थ  यसको  नयाँ  प्रयोग  रक्षा  र बिकासले मात्र सभ्य समाजको निर्माण  हुनसक्छ र त्यो एकीकृत क्रान्ति द्वारा सम्भब छ ।

अग्रगामी सचेतनशिल र न्यायोचित समाज निर्माण गर्ने उदेश्यले माक्सबादको नयाँ प्रयोग र बिकास अनिवार्य भएको हुँदा धेरै लामो समय देखि नयाँ बिचारको गर्भधारण पश्चात् आज दुनियाँको सामु नयाँ बिचार जन्मिएको छ ।

बस्तु र घटनालाई बुझ्ने  सन्धर्भमा माक्सबादको आँखाले त देखाए तर एउटै आखाले देखाए । अब दुइवटै आखाले देखाउनु पर्छ।

एङ्गेल्सले, हेगेलको द्दन्द्बवादमा रहेको अधिभुतबादी र फायरबाखको भौतिकबादमा रहेको आदर्शवाद सच्याएर  माक्सबादी द्दन्दाबाद तथा  ऎतिहासिक भौतिकबादको बिकास गर्नु भयो । तर पनि बस्तुको बिकास र बिनास अथवा घटना क्रमलाई बुझ्ने सवालमा खोलो तरेर लठ्ठी बिर्सने कम्जोरिलाई सच्याउने  हाम्रो  प्रयास भनेको माक्र्सवादको नयाँ  बिकास गर्ने र पुर्णता दिने प्रश्न  सङ्ग सम्बन्धित छ।

तत्कालीन अबस्थामा  माक्सले जे कुराको प्रक्षेपण (प्रतिपादन)  गरे, त्यो सहि नै छ तर के कुरा साचो हो भने हिजोको माक्र्सको समय र आजको समयमा अकल्पनीय क्रमभङ भएको छ। त्यसैले नयाँ  बिचार र बिज्ञानको बिकास बिना हिजको बिचारले मात्र आजको बस्तुगत आबश्यकतालाई सम्बोधन गर्न  सम्भब   छैन।

महान बिचारक गुरु आफैले पनि माक्र्सवाद अपुरो रहेको बताउनु भएको थियो। माक्र्सवादको नयाँ  प्रयोग, रक्षा र बिकास  गर्नुपर्ने   गहन दाईत्व, कर्तव्य, जिम्मेवारी र अभिभारा आज हाम्रो काधमा आएको छ।

दुई जना श्रीमान- श्रीमती  बसेको घरमा छोरा छोरी  बुहारीहरुको सङ्ख्या  थपिदै जादा बस्ने सुबिधाको निम्ति अलि ठुलो घरको निर्माण गर्नुपर्ने आबश्यकता भए जस्तै माक्सले त्यतिबेला शृजना गरेको बिचारले मात्र आजको आबश्यकता लाई  सम्बोधन गर्न नसकेकै कारण थप नया बिचार र बिज्ञानको बिकास गर्न अनिवार्य आबश्यकतालाई  अस्वीकार गर्न मिल्दैन।

घटना र बस्तुलाई बुझ्न कानुन र संविधान मात्र प्रयाप्त छैन र हुदैन। मनोबिज्ञान र माक्र्सवाद पनि पढ्नु पर्छ। आबश्यकताले नया बिचार र बिज्ञान लाई जन्म दिन्छ। कुनै पनि नयाँ बिचारको जन्म कानुन भन्दा  बाहिर बाट हुन्छ । कुनै पनि बैज्ञानिक बिचारको जन्म अथक त्यागतपस्या, बलिदान र भीषण संघर्षको  बीचबाट मात्र हुन्छ।

आज मानव समाजमा बस्तु र घटना लाई बुझ्ने र बदल्ने सवालमा समस्याको ठोस यथेष्ट पहिचान र त्यसको बैज्ञानिक  समाधान  हुननसक्दा  न्याय  मरिरहने र अन्याय  बाचिरहने, निर्दोष चाहिँ दोषी जस्तो र दोषी चाहि निर्दोष जस्तो,   कालो चाहिँ सेतो र सेतो चाहिँ कालो जस्तो, चोर गुन्डा हिरो जस्तो र हिरो चाहिँ गुन्डा जस्तो, सत्य  चाहिँ  झुटो र झुट चाहिँ सत्य जस्तो भैइरहेको रहेको छ।

नयाँ  बिचार को जन्म आफैमा माक्र्सवादको नयाँ आयाम हो। माक्र्सवादको  नयाँ प्रयोग रक्षा  र   बिकास   गर्नु  क्रान्तिकारीहरुको दाईत्व आजको अपरिहार्य आबश्यकता हो।

हाम्रो उदेश्य र लक्ष्य भनेको माक्र्सवादको थप नया प्रयोग, रक्षा र बिकास गर्दै एकीकृत जनक्रान्ती हो। माक्र्सवादको नया प्रयोग रक्षा र बिकास गर्ने प्रश्न गलत होइन, सहि  हुनेछ।

२८ चैत्र २०७३, सोमबार १४:०० मा प्रकाशित