.
सुनौलो नेपाल/युएई
***
प्रबासमा रहेर सामाजिक हितमा गठित मितेरी समाज युएईले ‘मितेरी सहकारी कोष’ गठन गरेको छ।मितेरी समाज युएईका बरिष्ठ उपाध्यक्ष प्रदिप पुन मगरकाे अध्यक्षतामा बसेको मासिक बैठकद्वारा १५ बुँदे आचार संहिता सहित मितेरी सहकारी कोष गत सुक्रबार युएइको एलएनमा गठन भएको हो।
 .
उक्त सहकारी कोषको अध्यक्षतामा लाल बहादुर सिंजालि मगरलाई मनोनयन गरि १५ सदस्यीय सहकारी कोष सञ्चालक समिति निर्माण गरेकाे छ।
 .
कोषको उपाध्यक्षमा सुरेश चन्द्र बर्ताैला, सचिब यमन घर्ती मगर, कोषाध्यक्ष प्रदिप पुन मगर, सह काेषाध्यक्ष राकेश चाैधरि र सदस्यहरुमा भाेम बहादुर गुरुङ, दिब्या सुब्बा, मुस्कान लामा, मीन बहादुर बिसि, राम बुढा मगर, माेहन बुढाथाेकि मगर, बिक्रम घर्ती मगर, सुमिता आले मगर रहनु भएको छ।
 .
मितेरी समाजका संस्थापक संरक्षक प्रेम रिजाल र मितेरी समाजका वर्तमान अध्यक्ष मान बहादुर थापा पनि कोषमा आबद्द रहनु भएको छ। मितेरी समाजमा जाे सुकै संरक्षक र अध्यक्ष भएपनि यस सहकारी कोषमा स्वत पदेन सदस्य हुने व्यवस्था गरिएको छ।
 .
सहकारी कोषमा आबद्धहुन मितेरी समाजको सदस्य अनिवार्य हुनुपर्ने नीतिको ब्यबस्था गरिएको छ। उक्त कोषमा आबद्द सम्पूर्ण सदस्यहरुले महिनावारी एकसय युएई दिराम जम्मा गर्ने बचत अभियान तय गरेको छ। उक्त बचत सहकारी मार्फत भबिस्यमा नेपाल गएर उत्पादनमा लगानी गर्ने दीर्घकालीन योजना रहेको समाजका संस्थापक प्रेम रिजालले सुनौलो नेपाललाई बताउनु भएको छ।
.
प्रकासित मिति ११ अक्टोबर २०१७