चैत्र ३१, २०७३- तमू (गुरुङ) समाज कतारद्धारा सञ्चालित तमू बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ ।

‘परिश्रमको कमाई बचत गर्ने र बचत रकमको सही ब्यवस्थापन साथै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने हाम्रो प्रयास’ भन्ने तमूले कतारमा सहकारी स्थापना गरेको हो । साधारण सभाले हरिकाजी गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । उपाध्यक्ष नरबहादुर गुरुङ, कार्यकारी सचिव खुशीमान गुरुङ, कोषाध्यक्ष धनराज गुरुङ छन् । सदस्यहरु मीनबहादुर गुरुङ, रनबहादुर गुरुङ, भाईकाजी गुरुङ, पमबहादुर गुरुङ, मदन गुरुङ, टौमाया गुरुङ, मनप्रसाद गुरुङ, बलबहादुर गुरुङ र पुरन गुरुङ छन् ।

तमू समाज कतारका अध्यक्ष रस गुरुङले प्रस्ताव गरिएको नामलाई शेयर होल्डर सदस्यको सर्वसम्मति निर्णयले पारित गरिएको थियो ।
त्यसै गरी सोही सभाले बुधबल गुरुङको संयोजकत्वमा बुद्ध गुरुङ र कृष्ण गुरुङ रहेको लेखा समिति पनि गठन गरिएको थियो ।

समितिका अध्यक्ष बुधबल गुरुङको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तमू समाज कतारका प्रमुख संरक्षक बिलबहादुर गुरुङ प्रवासमा कमाएको पुजीलाई सही ब्यबस्थापन गर्न जरुरी रहेको बताए ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष बुधबल गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र तमू (गुरुङ) समाज कतारद्धारा प्रबर्दित आशिमलाँ गेष्ट प्यालेश नेपालको आ.व. २०७२ /०७३ आषाढ मसान्त सम्मको आर्थिक प्रतिवेदनलाई साधारण सभाले सर्व सम्मतिले पास गरिएको थियो ।

भेलाले आशिमलाँ गेष्ट प्यालेश कार्य सञ्चालन नियमावली २०१५ पहिलो संशोधनलाई सर्व सम्मतले पारित गर्दै बिलबहादुर गुरुङको संयोजकत्वमा नयाँ सञ्चालक समिति गठन गरेको छ । सदस्यहरु बुधबल गुरुङ, जगन गुरुङ, रसबहादुर गुरुङ, पूर्ण गुरुङ, मदन गुरुङ र खेम गुरुङ छन् ।

३१ चैत्र २०७३, बिहीबार ०५:५१ मा प्रकाशित