जितमान बि.सी., बैशाख २ काठमाडौं – नयाँ सालको अबसर पारेर कार्यक्रमको सिलसिलामा दुबई पुगेकी चर्चित लोक तथा आधुनिक गायिका रिता केसीले नयाँनयाँ प्रस्तुतिहरु दिएर दर्शकलाई निकै नचाएकी छन् ।

 

नयाँ सालको अबसरमा काभ्रे सेवा समाजले पहिलो प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ” भब्यताका साथ सम्पन्न गर्न नेपालबाट आएका कलाकार संगै रिताको मुख्य भुमिका भएको उपस्थित दर्शकले बताएका छन । काभ्रे सेवा समाजलको आयोजनामा भएको यस कार्यक्रममा नेपालीहरुको बाक्लो र निकै उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमकै शिलशिलामा पहिलो पटक दुबई पुगेकी चर्चित लोक तथा आधुनिक गायिका रिता केसी ले, विभिन्न गीत संगीत प्रस्तुत गरेकि थिइन भने संगितकार तथा गायक बिश्व दोङ, र नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायत कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरुको बिशेष प्रस्तुतिले पनि कार्यक्रमलाई अझै थप रौनकता दिएको थियो।

२ बैशाख २०७४, शनिबार ०७:१५ मा प्रकाशित