६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् । गृहमन्त्री निधिको ‘असहयोगी व्यवहार’ तथा विवादास्पद अभिव्यक्ति’ का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री प्रचण्डले देउवासँग गरेका हुन् ।

प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरेका छन् । प्रदेश नम्बर ३ अन्तर्गतका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएको आजको नागरिक दैनिकमा खबर छ ।