काठमाडौं, ५ वैशाख । सदाबहार नायिका करिष्मा मानन्धरले महानायक राजेश हमाललाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार बन्न सुझाव दिएकी छन् ।

नयाँ शक्ति नेपाल पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी करिश्माले सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत देशको चिन्ता भए काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न सुझाएकी हुन् ।

उनले भनेकी छन्– ‘राजेश हमाललाई सुझाव ! यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाडौंबाट मेयरको लगि स्वतन्त्र चुनाब लडनुस् । मेरो भोट तपाई लाई हुनेछ ।’

यद्यपी कुनै पार्टीमा आबद्ध नभएका महानायक हमालले करिश्माको सुझावमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नायिका रेखा थापाले काठमाडौंको उपमेयरमा उम्मेद्वारी घोषणा गरेका बेला करिष्माले महानायक हमाललाई देश जनताका लागि मेयर बन्न सुझाव दिएकी हुन् ।

 

६ बैशाख २०७४, बुधबार ०३:४४ मा प्रकाशित