काठमाडौं, बैशाख १०– मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना भएकी पुर्व अधिराजकूमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको आइतबार डिस्चार्ज भएको छ । प्रेरणा १४ दिनअघि अर्थात गत चैत २७ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रेरणा बिना सहायता हिँडडूल गर्न सक्ने भएको जनाएको छ ।
डिस्चार्ज भएसँगै प्रेरणाले उपचारको क्रममा संलग्न नर्भिक हस्पि६लका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवं सरोकारवाला सबैप्रति आभार व्यक्त गरेकी छन् ।
उनको स्वास्थ्य उपचारमा नर्भिकको स्नायू रोग विशेषज्ञ डा. पंकज जलान तथा प्रेरणाका पारिवारिक चिकित्सक डा. किशोर राणा संलग्न थिए ।

१० बैशाख २०७४, आईतवार ०६:१६ मा प्रकाशित