काठमाडौ १५ बैशाख । पहिलोपटक नेपाल बाहिर चलेर नयाँ रेकर्ड बनाउन लागेको नेपाली चलचित्र ‘मेरी कुसुम’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ

मेरी कुसुम वैशाख २२ शुक्रबार पहिलो पटक दुबईमा रिलिज हुनेछ । नेपालमा भने जेष्ठको २६ मात्रै रिलिज हुनेछ । चलचित्र म्याग्दी , पोखरा र काठमाडौं लगायतका स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रमा प्रेम कथामा आधारित एक्सन तथा सामाजिक विषयबस्तु सहितको प्रस्तुती रहेको छ ।

चलचित्रमा नायक मोहन बोगटी, खलनायक राजकुमार थापा तथा नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारीको मुख्य भूमिका छ । सुनिता शर्मा बोगटी निर्माण तथा रबिन्द्र कुवरको सह- निर्माणमा  बनेको  चलचित्र मेरी कुसुमलाई एनआर घिमिरेले निर्देशन गरेका हुन। ।