सुनौलो नेपाल/ २३ बैशाख २०७४ – स्थानीय चुनाव नजिकिदै गर्दा नयाँ शक्ति पार्टी छोड्ने क्रम अझै रोकिएको छैन। विभिन्न देशमा रहेका प्रबासी भातृसंगठनमा आबद्द सदस्यहरुले बाबुरामको नयाँ शक्तिलाई छोड्दै राजीनामा दिने कार्य भैरहेको छ।

नयाँ शक्ति भारतका संस्थापक जि.एस भट्टराई दवारा बिज्ञप्ति जारिगरि नयाँ शक्ति आफैमा बाम बिसर्जनबाद हुदै दक्षिणपन्थी संसोधनवादको नयाँ संस्करणमा देखा परेको भन्दै राजिनामा दिएका छन्।

त्यसैगरि, नयाँ शक्ति मलेसियाका महासचिव दिपक संघर्ष र समिति सदस्य राजु यादबले पार्टीबाट राजिनामा दिएको सुनौलो नेपाललाई स्रोतले बताएको छ।

स्मरणहोस्, केहि समय पहिले नयाँ शक्ति प्रादेशिक केन्द्रिय परिषद सदस्य एवं नयाँ शक्ति मलेसिया संस्थापक सहित २६ जनाले सामुहिक राजिनामा दिएका थिए।

यसरि नयाँ शक्ति त्याग गर्नेहरुको लहर नरोकिए परिवर्तनको आधार आर्थिक बिकाश बोकेको नयाँ शक्ति छिट्टै विसर्जनहुने धेरैको अनुमान छ।

हेर्नुहोस बिज्ञप्ति !

२३ बैशाख २०७४, शनिबार ०५:५१ मा प्रकाशित