डि. बि. बुढाथोकी/सुनौलो नेपाल
कोशिस गर्नेहरु कहिल्यै हार्दैनन या  सफलताको शिखर चुम्छन या त सिक्ने धेरै मौका पाउछन् । आज यस्तै एक पात्र हुनुन्छ । दाङ् जिल्लाको देउखुरी मौरिघाटमा रबिलाल भुसाल र साबित्रा भुसालको कोखबाट बि.सं. २०४८ साल बैसाख ३० गते जन्मिएका लेखान्तले (मेरि बास्सैका घिरौले) बैशाख ३० गत्ते बानेश्वर स्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा आफ्नो जन्मदिन ख्याती प्राप्त कलाकारहरु सँग बडो धुमधामसँग मनाएका छन् ।

हुने बिरुवाको चिल्लो पात भनेको झै साधारण परिवारमा जन्मिएका सानैदेखि कलाकारितामा औधी रुचि राख्ने लेखान्त नारायणपुर स्थीत सिद्धरत्न उच्च माबिमा प्लसटु गर्दैगर्दा उनि नाटक, सडक नाटक, कचहरी नाटक, लघुनाटक तथा रेडियो नाटकहरुमा नै केन्द्रित हुन्थे । उनलाई पढाईमा भन्दा बढी अभिनयमा ध्यान जान थाल्यो । उनले उक्त क्याम्पसमा पढ्ने क्रममै बिबिसी नेपाली सेवाबाट प्रसारण हुने कथा मिठो सारङ्गीको मा समेत अभिनय गर्ने मौका पाए । जसमा अभिनय गरेबापत उनले पहिलोपटक ६ हजार रुपैया पुरस्कार पाएका थिए । त्यो पुरस्कारले नै उनलाई कलाकारीताको क्षेत्रमा आउने उर्जा दियो ।

दाङ्गमै जन्मिएका लेखान्तले दाङ्गकै जिरेखुर्सानीका कलाकार सन्दिप भुषालको साथ र सहयोगले सिनेमामा पाईला राख्ने अबसर पाए । उनले पहिलोपटक बिर नामक नेपाली सिनेमामान अभिनय गरे । जसमा उनि पुलीसको भुमिकामा देखिएका थिए । छोटै भुमिका भएपनि उत्त सिनेमाले लेखान्तलाई केही सिनेकर्मिहरु संग भने चिनायो र उन्ले सिनेमा मात्र नभएर हास्यव्यङ्ग टेलिश्रृखलामा पनि प्रस्तुत हुँदै आउनु भएको छ । पहिलोपटक भद्रगोलमा हास्यकलाकारका रुपमा प्रस्तुत भएका लेखान्तको पहिलो टेलि श्रृखला थियो ।

पछिल्लो समय धुर्मुस सुन्तली फाउण्डेसनसंग जोडिएर उनले ज्योती, हरियो बिल्ला, गज्जब छ बा लगायतका छोटा सिनेमामा पनि काम गरे । उनि बिगत ३ बर्षदेखी धुर्मुस सुन्तलीको छायामा बसी सामाजिक काममा निरन्तर लागीपरिरहेका छन् । पहरी बस्ती, गिराञ्चौर देखी मुसहर सम्म उनले ब्यबस्थापन र आर्थिक पाटो सम्हाल्दै आएका छन् । धुर्मुस सुन्तलीकै कारण आफु यहांसम्म आईपुगेको बताउने लेखान्त धुर्मुस सुन्तलीसंग काम गर्न पाउदा भगवान पाएको महशुष भएको बताउछन् । त्यसबाहेक उनले आफ्नै लेखन तथा निर्देशनमा अचम्मै भो नामक हांस्य टेलिश्रीखला युटुवबाटै दर्शकलाई पस्किरहेका छन् । ‘सहि मान्छेको संगतले आज म कलाकारीतामा निरन्तरता दिईरहेको छु’ उनले भने ‘सहि मान्छे, सकारात्मक सोचका साथ अगाडी बढे एकदिन अबश्य सफलताको शिखर चुम्न पुग्छ’ । समाज सेवामा निकै रुचि राख्ने लेखान्तलाई समाज सेवा गरि अरुको दुखमा साथ दिने खुबै रहर छ । उनि भन्छन् ‘जिबन भरी हास्यकलाकार र समाज सेवी भएर बाच्न चाहान्छु’ ।