काठमाडौं, ४ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार मानबहादुर जीसीले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार मानबहादुर जीसीले ९५१० मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले ९२१४ मत प्राप्त गरेका छन् ।
जीसी र कुँवरबीच कडा टक्कर परिरहेको छ । जीसी र कुँवरबीच २९६ मतको मात्र अन्तर छ । उपमेयरमा एमालेकी मन्जु गुरुङको फराकिलो अग्रता छ । उनले ९२९५ मतका साथ अगाडि छिन् ।
उपमेयरमा एमालेकी उम्मेदवार मन्जु १२६९ मतले अगाडि छिन् । कांग्रेसकी उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले ८०२६ मत प्राप्त गरेकी छिन् ।