स्थानीय तह निर्वाचनमा राप्रपाले काठमाडौं र ललितपुरमा उपमेयर लिएर मेयरमा नेकपा एमालेलाई समर्थन गर्‍यो । यो तालमेलले एमालेलाई त फाइदा भयो तर, राप्रपालाई भने हातलाग्यो शुन्य जस्तै भएको छ ।

राप्रपाले मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई समर्थन गरेपछि उपमेयरमा बाबुकाजी थापालाई उम्मेदवार बनाएको छ ।

तर, जारी मत गणनामा थापाले भन्दा एमालेका हुँदै नभएको उपमेयरको ले बढी मत पाएका छन् । बिहीबार साँझ १० नम्बर वडासम्म मत आइसक्दा बाबुकाजी थापाले जम्मा ३ हजार ६३७ मत पाएका छन् ।

जबकी, उपमेयरमा एमालेको सूर्य चुनाव चिन्हमा ६ हजार १२६ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवारको मत भने ९ हजार ४५२ छ ।

उपमेयरमा कांग्रेसकी गीता सत्यालले ८ हजार ५३ मत पाएकी छन् । साझा पार्टीकी शोभा शाक्यले ६ हजार ९२ मत पाएकी छन् ।

५ जेष्ठ २०७४, शुक्रबार ०२:१९ मा प्रकाशित