राजविराज संघीय समाजवादी फोरम नेपालले टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेका छन्, टिकट वितरणमा धाँधली विरोध स्वरुप पार्टीका केन्द्रीय उपाध्यक्ष तथा दुई नम्बर प्रदेशकका प्रादेशिक संयोजक रेनुकुमार यादवलाई कार्यकर्ताहरुले उनकै घरमा थुनेर राखेका छन्। विगत दुई घन्टादेखि उपाध्यक्ष यादवलाई घरमै थुनेर राखेका हुन्।

राजविराजस्थित निवासको मूल ढोकामा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। कार्यकर्ताहरुले घर अगाडि नै टायर बालेर प्रदर्शनसमेत गरेका छन्। टिकट वितरणमा धाँधली गरेको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन्।

१९ भाद्र २०७४, सोमबार ११:४२ मा प्रकाशित