हामीकहाँ फोर जी नेटवर्क उपलब्ध गराउने विषयमा बल्ल तयारी सुरु भएको छ । तर चीन, जापान तथा दक्षिण कोरिया जस्ता देशहरु फोर जी भन्दा २० गुणा तिव्र गतिको फाइभ जी नेटवर्कको विकाशमा जुटिरहेका छन् । आखिर फाइभ जी नेटवर्क के हो त ? फाइभ जी नेटवर्क बारेका ५ तथ्य यस्ता छन्ः

फाइभ जी प्रयोगकर्ताले फोर जी नेटवर्कमा भन्दा २० गुणा तिव्र स्पीडमा इन्टरनेट चलाउन पाउँछन् । फाइभ जी इन्टरनेट कति तिव्र हुन्छ भने एउटा पूरा एचडी फिल्म केवल एक सेकेण्डमै डाउनलोड गर्न सकिन्छ ।

Smart phone with 5G network standard communication
फाइभ जी प्रयोगकर्तालाई भीडभाडमा समेत मोबाइल नेटवर्क प्राप्त गर्न थ्री जी तथा फोर जी नेटवर्कको तुलनामा सहज हुन्छ ।

एक विन्दुबाट अर्को विन्दुमा डाटाको एक प्याकेट पुग्न जति समय लाग्छ त्यसलाई लेटेन्सी भनिन्छ । फाइभ जी मा लेटेन्सी रेट १ मिलिसेकेण्ड हुन्छ । जबकी फोर जी मा यो १० मिलिसेकेण्ड हुन्छ ।

फाइभ जी नेटवर्कको अत्याधुनिक एप्लिकेसनको रुपमा स्वचालित सवारी साधन संचालन गर्न सकिन्छ । स्वचालित गाडीहरु समेत फाइभ जी नेटवर्कको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

फाइभ जी को व्यवसायिक प्रयोग सन् २०२० बाट हुने अपेक्षा गरिएको छ । तर दक्षिण कोरियाले भने सन् २०१८ को शीतकालीन ओलम्पिकबाटै यसको सुरुवात गर्ने लक्ष्य लिएको छ ।

अनलाइन खबरबाट ।

२४ आश्विन २०७३, सोमबार २१:१४ मा प्रकाशित