सुनौलो नेपाल डटकम/२८ पौष २०७३  

मेरो भन्दा धेरै माया अरु सँग पाउछौ भने, बिना कसुर संधै मलाइ दोष मात्रै लाउछौ भने, केहि गुनासो छैन मेरो एक्लै जिउन तयार छु म , हरपल तिम्रै सम्झनामा आँशु पिउन तयार छु म …… 

त्याग र समर्पण खोज्ने हो भने धोकाएका एक जोडी प्रेमीहरुलाई नियाले पुग्छ। जहाँ माया पाउने मात्र होइन, अपुरो प्रेम भोग्ने तग्दिरमा जिउदो माया बनेर कसैको खुसीमा बलिदानी दिईरहेको हुन्छ। भलै त्यो प्रेम एक्लै ज्युउन तयार हुन्छ, उस्कै सम्झनामा आँशु पिउन तयार हुन्छ।

सुन्दर जिल्ला अर्घाखाँची धारापानीमा जन्मिएका मोहन शाह कुनै समय प्रवासको भूमिमा रहेर बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा र सामाजिक संजाल फेसबुक मार्फत अन्य गायकहरुको गीतमा कभर गित पस्किदै थुप्रै फ्यान बटुल्ने, उनै प्रदेशी युवा आज आफ्नै गीतको मालिक भएका छन्। जुन कुराले उनका घरदेशी र प्रदेशी फ्यानहरुलाई खुसि तुल्याएको छ।

मोहन शाहको स्वरमा सजिएको गित यहाँ सुन्नुहोस।

[youtube https://www.youtube.com/watch?v=KcnlaLiMusA]

गायक शाह बैदेशिक रोजगारका लागि कतारमा ३ बर्ष बसेर नेपाल फर्किएका हुन्। नेपाली कला संस्कृतिको जगेर्ना अभियानमा आबद्द रहनु भएका शाह बसन्त फिल्म प्रालिको महासचिव समेत रहनु भएको छ।

“मेरो भन्दा धेरै माया” गितको शब्दकार सन्दीप ढकाल ‘दिप’ को रहेको छ भने नेपाली संगीत दुनियामा चिरपरिचित संगीतकार राजकुमार बगरको संगीतले सजिएको छ।

बसन्त फिल्म प्रालिको प्रस्तुति “मेरो भन्दा धेरै माया” एल्बम गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ, उक्त भिडियोमा बिक्रम बुढाथोकी र अनु शाहको दमदार अभिनय रहेको छ। भर्खरै युटुबमा राखिएको भिडियो एक दिनमै धेरै दर्शकहरुले हेरि सकेका छन।

२८ पुष २०७३, बिहीबार ११:३८ मा प्रकाशित