सरोज ओली
दुनियामा कपटि छिमेकी कोही छ भने त्यो भारत हो ! बिडम्बना मित्र बदलन सकिन्छ तर छिमेकी बदल्न सकिदैन । भारत यस्तो जाल झेल र षडन्त गर्दैछ कि नेपाल भुमिमा भएको स्रोत र साधन उपयोग गर्न लाइ उसले आफ्नो पुरा सामर्थ्य लगाएर लागि परेको छ केही हाम्रा देश कै स्वार्थी पदलोभी नेता देखि कर्मचारी सम्म उसैको गोटि बन्दिएका छन । हाम्रो स्रोत साधन र उब्जाउ भुमि जसरी पनी हडपने मनसाएका साथ काम गर्दै र त्यस्ता कर्मचारी र नेता लाइ प्रयोग गर्दैछन ।
 .
जब नेपालले बहुदलिय ब्यवस्थामा प्रवेश गर्यो अर्थात् प्रजातन्त्र देशमा आयो एकाएक नेपालमा दुरदर्शी र राष्टबादी नेता मदन भण्डारीको उदय भयो । भारतले चाहे जसरी नेपालको स्रोत साधन माथि आफु अनुकूल खेल्न पाएन र उसको लागि मदन भण्डारी अभिसाप हुनुभयो ।
 .
मदन भण्डारीको हत्या पछि भारत नेपालमा यति हावि भयो कि माओवादी पनी आफ्नै देशमा पालेर राख्यो । नेपाली सेनाको लागि हतियार पनी आफ्नै देशबाट बिक्री गर्यो नेपाली दाजुभाइ बिचमा युद्ध गरेर नेपाललाइ यति कमजोर र पछाडि धकेलिदियो कि, जसको फलस्वरूप दैनिक १६०० युवा बिदेश जाने लाइनमा बस्छन । त्यस को एउटा कारण ५२ साल अगाडिको राजनीतिक कारणले पनी होइन र ६३ साल पछाडिको कारणले पनी होइन त्यही दश बर्षको द्वन्द्वको कारणले नेपालको यो दुरदशा भएको हो।
 .
ओलीको पालामा फेरी देशले एउटा गति लिन लाग्दै थियो। देशलाइ कमजोर बनाउन पाच महिना नाका बन्दी गर्यो कारण नेपालले भारतले भने अनुसार संविधान नलेखेको र उसको कुरो नसुनेका कारणले नेपाली जनताले पाच महिना दुख कष्ट भोग्नु पर्यो उसको चाहना थियो, जसरी पनी आफ्नो अनुकूलको संविधान बनोस् र नेपालको स्रोत साधन र उब्जनी हुने भुभाग कालान्तरमा आफ्नो हितमा प्रयोग गर्न सकु भन्ने चाहना थियो । त्यो पुरा भएन र उसले नाकाबन्दी गर्यो उसले प्रचण्ड लाइ त भारत मै राखेर दश बर्ष सम्म नेपालमा द्वन्द्व गराएको थियो र देउवा, शुसिललाइ पनि उसले चाहे अनुसार प्रयोग गर्न कुनै अप्ठ्यारो र दुविधा पनी थिएन तर भारतले ओलीलाइ कम आक्यो । उसले दाहाल, देउवा, कोइरालालाइ प्रयोग गरे जसरी प्रयोग गर्छु सोचेको थियो । उसले सोचे भन्दा निकै कडा र फरक ढङगले ओलीको उदय भयो । जति मदन  भण्डारीबाट आजित थियो भारत आज ओली देखि त्यो भन्दा बढी आजित छ ओली लाइ देखाउछु भनेर लागेको भारतले उल्टै ओलीले चीन संग पारवहन गरेर देखाइदिए त्यस पछि त भारतको निद हराम मात्र भएन, नेपालमा खेल्न अब गारो रहेछ ओली हुदा सम्म हामीले भने जस्तो गरेर नेपालको राजनीति चल्दैन भनेर फेरि प्रचण्डलाइ प्रयोग गरेर भारतले ओली नेतृत्वको सरकार ढाल्यो र मदन भण्डारी देखि जति त्रसित थियो भारत अहिले ओली संग त्यति नै छ !
 .
कङ्ग्रेस: नेपाली राजनीतिको एउटा हिस्सा कङ्ग्रेस हो । स्थापना काल देखि आज सम्म कङ्ग्रेस निर्णनायक र ठुलो दलको रुपमा छ तर कङ्ग्रेस यति घटिया राजनीति गर्छ, त्यो उसको बिगत हेर्दा हुन्छ । आफ्नै कारणले अर्थात् मातृका र बिपि नमिल्दा प्रजातन्त्र हरण भयो आफ्नै दलको बहुमत हुदा पनी उसले निश्चित समय सम्म सरकारको नेतृत्व गर्न नसकेको दल पनी यही कङ्ग्रेस हो २०१५ सालमा त कङ्ग्रेस मात्र दल थियो भन्दा हुन्छ । अरू नाम मात्रका दल तर तिमी कङ्ग्रेसको धङधङि ले २०४८ साल सम्म छोडेन किन भने मदन भण्डारीले त्यतिबेला पनी बहुदल र प्रजातन्त्रका निम्न मिलेर लडेका दलहरु कम्तीमा पनी निर्वाचनमा मिलेर लडनु पर्छ भनेर एमालेको तर्फबाट त्यो प्रस्ताव लिएर आफ्नो प्रतिनिधि लाइ प्रधानमन्त्री कृष्ण प्रशाद भटराई कहाँ पठाउनु भयो तर कङ्ग्रेसको मन मस्तिष्क मा २०१५ को निर्वाचनमा प्राप्त गरेको दुइ तिहाईको भुत २०४८ सम्म सवार भयो । फलस्वरूप कम महत्त्व दिएको दल एमाले प्रमुख प्रतिपक्ष दल मात्र भएन स्वयम् प्रधानमन्त्री कृष्ण प्रशाद भटराईले समेत निर्वाचन हार्नु पर्यो र महत्व नदिएका मदन भण्डारीको उदय भयो । आज सम्म बाचेको भए मदन भण्डारीको राजनीतिक भविष्य त के हुन्थ्यो थाहा भयन तर त्यतिबेला नै अन्य दलको राजनीतिक भविष्य संकटमा परेको सत्य हो त्यस पछि कङ्ग्रेसको  टाउको दुखाइ कोही भयो भने मदन भण्डारी हुनु भयो भण्डारी देखि डराएको कङ्ग्रेसले तब आनन्द र ढुक्कको साहस लियो जब मदनको  हत्या भयो त्यस पछि एमाले नेतृत्वलाइ कङ्ग्रेसले यसरी घुमायो कि दाहि हाल्दा गोरु घुमाए जसरी ।
 .
दोस्रो संविधान सभाको निर्वाचन भयो कङ्ग्रेस फेरि प्रमुख पार्टी भयो एमाले दोस्रो दल भयो धेरै को अनुमान पनी के थियो भने अब राजनीतिक दुइ धार हुन्छ एउटा धार को नेतृत्व कङ्ग्रेस ले गर्छ र अर्को धार को नेतृत्व माओवादी ले गर्छ फेरि पनी एमाले लाइ कङ्ग्रेस ले घुमाउने भयो भन्ने धेरै को अनुमान थियो तर संयोग निर्वाचन संग संगै एमाले महाधिवेश पनी हुने समय आयो र नेतृत्वमा केपि ओली आउनु भयो तर पनी कङ्ग्रेस ले ओली लाइ पनी अन्य नेतृत्व जस्तै गरेर हेर्यो फेरी पनी कङ्ग्रेस  ले ओली लाइ कमजोर ठान्यो तर उसले सोचे भन्दा निकै कडा भयर ओली को आगमन भयो प्रमुख दल कङ्ग्रेस तर ओली को अडान र ओली को वरिपरि अहिले को राजनीति कङ्ग्रेस  ले बल्ल चेत खुलाउदै छ
र उसलाई अहिले एउटा कुरो के प्रस्ट थाहा छ भने अहिले को अवस्था मा निर्वाचन मा जानु भनेको एमाले संग पराजित हुनु हो भन्ने राम्रो संग थाहा छ एमाले संग को पराजित को मुख्य कारण ओली नै भन्ने पनी राम्रो संग थाहा छ ४९ तिर मदन संग डराउने कङ्ग्रेस ७३ तिर ओली संग डराउदै छ र मोर्चा बन्दी गर्दैछन कङ्ग्रेसि हरु
 .
माओवादी : नेपालको राजनीतिमा सबैभन्दा बढी महत्वकाङक्षा भएको नेता प्रचण्ड हुन किन भने एउटै पार्टीको तिस बर्ष देखि नेतृत्व गरेर बसेका छन । उनीलाइ शक्ति र पद नभई हुदैन । त्यो प्राप्तको लागि जस्तो सुकै हरकत गर्ने नेता कमरेड प्रचण्ड हुन प्रधानमन्त्रीको कुर्सी पाउन लाइ १७ हहजारको बलि चढाए । कतिपयलाइ लाग्ला प्रचण्डले क्रान्ति गरेको हुन बन्दुक बोकेर यदि यस्तो अझसम्म पनी कसैले सोच्नु भएको छ भने तपाईँ अझै पनी भ्रममा हुनुहुन्छ ।
 .
के प्रचण्डले प्रधानमन्त्रीको कुर्सी आर्मि पुलिस लाइ जितेर पाएको हुन ? के प्रचण्डले प्रधानमन्त्री नारायणहिटी आक्रमण गरेर प्राप्त गरेको हुन ? यदि होइन भने जनताको मतबाट त्यो कुर्सी पाएर प्रचण्ड भन्दा पहिले दर्जन भन्दा बढी ब्यक्ति प्रधानमन्त्री भै सक्नु भयको थियो आखिर त्यही कुर्सीको लागि किन प्रचण्डले १७ हजारको बलि चढाए त ?
दुईवटा कारण छन, एउटा प्रचण्डलाइ राजनीतिक रुपमा स्थापित हुनु थियो । त्यो सम्भव थिएन किन भने बाम पन्थीमा पनी दुइ ध्रुव भए एउटा सयुक्त बाम मोर्चा जसको नेतृत्व मदन मनमोहन साहाना प्रधानहरुले गरे र यसको प्रभाव देश भरि रहयो अर्को तिर एकता केन्द्र भयो जसको नेतृत्व निर्मल लामा मोहन बैधे मोहन बिक्रम सिहले गरे यसको प्रभाव निश्चित ठाउँमा मात्रै भयो त्यस भित्र प्रचण्ड दोस्रो दर्जाको नेता प्रचण्डलाइ नेतृत्वमा आउन फलामको चिउरा चपाउनु सरह थियो तर पनी उनि कुनै न कुनै माध्यमबाट नेतृत्वमा आउन चाहन्थे फलस्वरूप मोहन बैधे नेतृत्वका केही कार्यक्रतालाइ सरकारले हत्या गर्यो ।बैधे नैतिकताको कारणले राजीनामा गरे प्रचण्डलाइ नेता बनाए ।
.
अब प्रचण्डलाइ दुइटा चुनौती मुख्य थियो एउटा पार्टीको जनाधार कसरी बनाउने अर्को मदन भण्डारीको सामना कसरी गर्ने यि दुईवटा चुनौतीलाइ प्ररास्त गर्न प्रचण्डले जनयुद्धको बाटो रोजे त्यस लाइ साथ बाबुराम भारतको रअ ले दियो । भारतले नेपाल बाट मदनको अन्त्य गर्नु थियो र आफ्नो अनुकूल राजनीति चलाउन बिस्वासीलो पात्रको खोजी गर्नु थियो बाबुरामको माध्यमबाट प्रचण्डलाइ प्रयोग गरे अहिले तिनै प्रचण्डलाइ फेरि डर ओलीको छ ।
.
उनलाई के थाहा छ भने एउटै देशमा दुइ दुइ कम्युनिस्ट पार्टी रहन गारो छ भन्ने राम्रो संग थाहा छ शान्ति पुर्ण राजनीति मा आएर प्रचण्डले आफ्नो चतुर्याइ नदेखाएको पनी होइनन तर दोस्रो संविधान सभा पछि ओली नेतृत्वमा आए पछि नेपालको राजनीति मा प्रचण्ड देउपा लाइ ओली ले फिका साबित गरिदिए यदि अब नेपालको राजनीति मा प्रचण्ड लाइ कसैको त्रास छ भने त्यो ओली कै त्रास हो उता बाबुराम ले हिजो आज ओलीजम को खतरा भनेर ओली संग डराई रहेका छन मुख्य कारण के हो भने सामाजिक सञ्जालमा केही बर्ष बाबुराम ले पिएचडीको साटिफिकेट कै कारणले एक लौउटी राज गरे जति बेलामा न ओली पार्टीको प्रमुख नेतृत्वमा थिए न सरकार प्रमुख नै थिए । त्यो समयमा सामाजिक सञ्जालमा एकलौटी राज गरेको नेता बाबुराम जब ओली एमाले अध्यक्ष र प्रधानमन्त्री भय पछि सामाजिक सञ्जाल एका एक ओली मय भयो । ताली ओलीको हुने गाली बाबुरामले पाउने यही कारणले बाबुराम बेला बेलामा ओली माथि कट्टाक्ष गर्छन। पार्टीको घोषणा सभामा ओलीलाइ १५ पल्ट कल गरेर अनुय बिनय गरेर बोलाउने अहिले देशलाई ओलीको आवश्यकता छ डाक्टर साब डाहा गरेर राजनीति हुदैन ।