केबी गुरुङ/सुनौलो नेपाल

बर्ग संघर्षको पेचिलो घडीबाट उदाएका जन गायक झन्कार बुढा “घर्ति गाँउको बाटो झरेर” लोक दोहोरि गित बजारमा ल्याएका छन् । नेपाली मौलिक बाजा सारंगी बादनमा राम्रो दखल भएका झन्कार बुढा सामना परिवारका प्रखर जनबादी गायक हुन् ।

जनयुद्दको उद्गमस्थल रोल्पामा जन्मिएका झन्कार बुढा १० बर्षे युद्दको सांस्कृतिक क्रान्तिको खम्बा मानिन्छन । उनको बिगतलाई  हेर्दा सांस्कृतिक मंचमा उक्लिएर सारंगी बजाउदै उत्पीडनको गित गाउदा झुपडीका चेतहरु खुलेर जुरुक्क उठेका थिए । सांस्कृतिक क्रान्तिमा अविचलित रही निरन्तर जनताका गित गाउदै आए, बरु व्यक्तिगत मुनाफाहरु बलिमा चढाएर सर्वस्व गुमाए ।

शायद उनले आर्जेको अहिले सम्मको व्यक्तिगत सम्पति भनेकै “घर्ति गाउँको बाटो झरेर” गीति एल्बम नै हुनुपर्छ, बाँकी पार्टी र क्रान्तिको लागि सारा जिन्दगि नै उपहार स्वरूप सुम्पिए ।

जनयुद्धको लालकिल्ला रोल्पा र रुकुमलाई आधार बनाएर सिर्जना गरिएको लोकगितको शब्द र लय आफ्नै रहेको छ । उक्त गीतमा झन्कार बुढा मगरले आफ्नो सुरिलो आवाज पनि दिएका छन् भने कमला घर्ति मगर ‘उर्मिला’ ले मिठो आवाज भरेर साथ दिएकी छिन् ।

यस गीतका परिकल्पनाकार सामाना परिवारका जन गायक कर्ण बिद्रोही हुन्, उनि पनि नेपाली सांस्कृतिक क्रान्तिका खम्बा नै हुन्।

गीतको भिडियो छायांकन रोल्पाको बिभिन्न रमणीय स्थलमा गरिएको छ भने लक्ष्मन के सि र भाबना मगरको उत्कृष्ट अभिनयले सजिएको भिडियोमा बिरेन्द्र ओलिको निर्देशन, बासु बरालको छायांकन र दिपक बिष्टको सम्पादन रहेको छ ।

जनवादी लोक गायक झन्कार बुढाको सांगीतिक कोशेली “घर्ति गाउँको बाटो झरेर” भिडियो हेर्नुहोस 

[youtube https://www.youtube.com/watch?v=GnU7DARRwGM]