सुनौलो नेपाल – युएई नेपालीहरुको रोजगारीको लागी राम्रो गन्तब्य देश हो । खाडीका विभिन्न देशहरुमा सबैभन्दा राम्रो मानिने युएईमा नेपाली कामदारहरुले मासिक बीस हजारदेखी पन्ध्र बीस लाखसम्म कमाउने गर्छ्न बिशेष गरेर हातमा सिप भएका र टेक्निकल क्षेत्रमा राम्रो दख्खल राख्ने नेपालीहरुलाई युरोप अमेरिकाको भन्दा कम तलब र सेवा सुबिधा छैनन तर पनि यहाँ त्यस्ता दक्ष कामदारहरु एकदमै कम भेट्न सकिन्छ ।

बिशेष गरी डाक्टर, इन्जिनियर नर्स लगायतका पेशामा त झनै यहाँ औलाले गन्न सकिने नेपालीहरु मात्रै छन । त्यसै माथी अरबमा नेपाली महिला हरुलाई राम्रो हुदैन भन्ने प्रचारप्रसार नेपालमा धेरै मात्रामा गरीन्छ तर घरेलुु कामदारमा आउने बाहेकका नेपाली महिलाहरुलाई त्यस्तो बाहिर हल्ला गर्ने जस्तो यहाँको वास्तबिकता छैन । राम्रो गरेर सफल बनेका अब्बल महिलाहरु नि यहाँ प्रसस्त देख्न र भेट्न् सकिन्छ ।

के छ त युएईमा नेपाली नर्सको अवस्था त्यो बारेमा जान्न हामीले लगभग छ् बर्ष देखी युएईमा नर्सिङ पेसामा काम गर्दै अाएकी काठमाडौं कि सुर्या लक्ष्मी मानन्धरसँग कुरा गरेका थियौ । सुनौलो नेपालसगको कुराकानीमा उनले आफुलाई युरोपबाट समेत अफर आएको तर युरोप भन्दा आफुलाई यहाँ नै ठीक लागेको बताउछिन । अनुभव र योग्यताको आधारमा युएईमा मासिक एक लाख २० हजार देखि पाँच लाख सम्म कमाई गर्न सक्छन् । मासिक राम्रो  कमाइ गर्ने सुर्या लक्ष्मीसँग युएईमा आएर काम गर्न चाहने नेपाली नर्सहरुले के के प्रकृया पुरा गर्नुपर्छ नेपालबाट आउन कतिको सजिलो छ कहाँ सम्पर्क राख्नुपर्छ ? यहाँ काम गर्न महिलालाई त्यती सुरक्षित हुँदैन भन्छ्न नि ? अनी यहाँ र नेपालको कामको अन्तर कतिको पाउनु भो लगायतका प्रश्न सोधेका थियौ हेरौ उहासँग सुनौलो नेपालका लागी मोहराज शर्मा मोहनले गर्नुभएको यो कुराकानी कस्तो छ युएईमा नेपाली नर्सको वास्तविक भोगाइ र कमाइको अवस्था ….(भिडियो कुराकानी  )

२५ माघ २०७३, मंगलवार ०३:३१ मा प्रकाशित