सुनौलो नेपाल/ काठमाडौं – परदेशी र ब्रास्लेट चलचित्र नेपाली दर्शकले अत्याधिक रुचाएपछी त्यसमा मुख्य भुमिकामा रहेकी नायिका रजनी केसी दर्शकमाझ लोकप्रिय बनिन । उनको लोकप्रियताले उनलाई ब्यस्त नबनाउने कुरै भएन त्यसपछि लगातार नेपाली फिल्ममा जमेकी नायिका केसी अब  हास्य टेलिश्रींखला “टेन टु फाइभ” को कार्यक्रम कोर्डिनेट समेत गर्ने भएकी छन ।

चर्चित हास्य टेलिश्रृङ्खला तितो सत्यबाट दर्शकमाझ लोकप्रिय बनेका गैडा अथवा निर्मल शर्माले नयाँ टेलिभिजन एपी-१ एच डिबाट हाँस्य सिरियल ‘टेन टू फाइभ’ लिएर आउन लागेको  कार्यक्रम “टेन टु फाइभ” कोर्डिनेटरको भूमिका निभाउने भएकी हुन ।

निर्मल शर्मा र  कमल मैनालीले निर्देशन गर्ने ‘टेन टू फाइभ’ कार्यक्रम निकै पृथक भिजन सहित निर्माण गर्न लागीएको छ । कार्यक्रममा हरेक हप्ता ठुलो पर्दाका सबै भन्दा चर्चित कलाकारहरु अतिथीको भूमिकामा दर्शकहरुले पर्दामा देख्न पाउने छन  । साथै कार्यक्रममा पनि नयाँ नयाँ र अभिनय क्षमतामा अब्बल कलाकारहरुलाई स्थान दिने निर्माण पक्षको तयारी छ ।

कोर्डिनेटर तथा  नायिका रजनी केसी नियमित भूमिकामा पनि देखिने छन उनका  साथै अन्य कलाकारहरु  कमल मैनाली, रवि शर्मा ‘घाटो’, केसब भट्टराई सुनिता ठाकुर मनिराज गौतम लगायतका कलाकारहरु रहनेछन भने कथाबस्तु कार्यालयमा दैनिक १० देखी ५ बजे सम्म हुने गतिविधीलाई प्राथमिकता दिइने छ ।

परदेशी ब्रास्लेट लालजोडी र लोफार जस्ता चर्चित फिल्ममा नायिकाको रुपमा अब्बल छबी बनाएकी नायिका रजनी केसीको कोर्डिनेट तथा  नियमित प्रस्तुती हुने हुनाले कार्यक्रम निकै स्तरीय बन्ने अनुमान आम दर्शकहरुले लगाउन थालएका छ्न ।

९ फाल्गुन २०७३, सोमबार ११:३१ मा प्रकाशित