अमेरिकाको कंसासमा एक भारतीय इन्जिनियरसमेत दुई अन्य भारतीय र अन्य तीन मानिसमाथि गोली चलाएको छ जसका कारण इन्जिनियरको मृत्यु भएको छ । गोली हान्ने बेला हमलाकर्ताले ‘मेरो देशबाट निस्किहाल’ भनेको एक स्रोतले बताएको छ । घटनामा दुई व्यक्तिसमेत घाइते भएका छन् ।

– स्थानीय मिडियाले प्रत्यक्षदर्शीको हवाला दिँदै यो नस्लवादी हमला भएको र हमलाकर्ताले गोली चलाउनुपूर्व चिच्याएर भने, ‘मेरो देशबाट निस्केर जा ।’

– पुरिन्टन अमेरिकी जलसेनाका कर्मचारी थिए । पुलिसका अनुसार हमलाकर्ता, ५१ वर्षीय ऐडम पुरिन्टनलाई घटनाको केही समयपश्चात् छिमेकको मिसुरी राज्यमा पक्राउ गरिएको छ ।

हमलाकर्ताले दुबै भारतीयलाई मध्यपूर्व मूलको ठानेर हमला गरेको हुनसक्ने अनुमान गरिएको । यद्यपी, पुलिसले अहिले यसबारे केही पनि बोलेको छैन ।

स्थानीय पुलिस र एफबीआईको भनाई अनुसार उनीहरु हरेक पत्रको अनुसन्धान गरिरहेका छन् तर अहिले यो कुनै नस्लवादी हमला हो होइन भन्ने विषयमा केही भन्न सकिन्नँ ।

पुलिसका अनुसार दुबै भारतीयमध्ये एक, ३२ वर्षीा श्रीनिवास कुचीवोतलाको अस्पतालमा मृत्यु भएको छ । यस्तै हमलामा घाइते ३२ वर्षीय आलोक मदासानी र २४ वर्षीय इएन ग्रिलाटको स्थिती स्थिर भएको बताइएको छ ।

कुचीवोतला र मदासानी दुबै क्यान्ससको ओलेश शशरमा जीपीएस बनाउने कम्पनी गारमिनमा इन्जिनियर थिए ।

पुलिसका अनुसार उक्त हमला क्यान्ससको ओलेथ शहरमा बुधबार बेलुका अस्टिन बार एण्ड ग्रिलमा भएको थियो । प्रत्यक्षदर्शीका अनुसार हमलामा घाइते इएन ग्रिलाट यी दुबै युवकको बचाउमा खडा भएका थिए । हमलाकर्ताले उनीमाथि गोली हानेर घाइते गरेका थिए ।

समाचार एजेन्सीका अनुसार रेष्टुरेन्टका बारेटेन्डरले दुबै भारतीय युवक हप्तामा एक÷दुईपटक उक्त रेष्टुरेन्टमा आउने गरेको बताए ।

गारमिन कम्पनीले एक शोकसन्देश जारी गरेको छ । यस्तै दुबैका लागि चन्दा जुटाउने कामको पनि थालनी भएको बीबीसीले बताएको छ ।