बार्सिलोना । नेपाल लोकदोहोरी गीत प्रतिष्ठान युरोप शाखाकी कोषाध्यक्ष बिनिता लामिछानेले राष्ट्रिय गीत सार्बजनिक गरेकी छन् । लोक दोहोरीको क्षेत्रमा पोख्त मानिएकी गायिका लामिछाने “मेरो मन नेपाली छ, मेरो तन नेपाली छ” बोलको राष्ट्रिय गीत गायकी हुन् ।
गोरखा सौरपानी स्थायी घर भई ६ वर्षदेखि युरोपियन मुलुक फिनल्याण्डमा बस्दै आएकी गायिका लामिछाने प्रवासमा देशप्रतिको माया र भावना झनै गाढा र गहिरो भएपछि यस्तो गीत ल्याएको बताइन् । उनले भनिन्- विदेशमा रहँदा नेपाली भाषा, भेषभुषा, मन, तन, बोली वचनले झनै नेपालीपनलाई झल्काइरहेको महशुस भएको छ, यही भावलाई गीतमा उतारेका हौं ।

गीतकार शिब सुबेदीको रचना रहेको उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा गायिका लामिछाने लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई करण चैसिरले छायाङ्कन तथा बिष्णु शर्माको सम्पादन गरेका छन् ।

यसअघि लोकदोहोरी गीतलाई समेत दर्शकहरु माझ ल्याइसकेकी गायिका लामिछानेले आफ्नो यो राष्ट्रिय गीतलाई पनि धेरैले माया गर्ने बिश्वास ब्यक्त गर्छिन् । बिभिन्न मुलुकहरुमा हुने साँस्कृतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति राख्दै आएकी लामिछाने युरोपको नेपाली समुदाय माँझ परिचित लोकदोहोरी गायिका हुन् ।

म्युजिक भिडियो हेर्नुहोस्

[youtube https://www.youtube.com/watch?v=L2bj1-Vo6fY]