सुनौलो नेपाल/ काठमाडौँ – नेपालमा जेष्ठ २५ अर्थात् ७ जुन र बिदेशमा बैशाख २२ अर्थात मार्च ५ देखि चल्ने भनी निकै चर्चामा रहेको नेपाली चलचित्र मेरी कुसुमको “म त बदलिए” नामको शिर्ष गीतको अडियो समेत सार्वजनिक गरीएको छ
नेपाली दर्शकहरुमाझ निकै चर्चामा रहेको चलचित्र मेरी कुशुमको म त बदलिए नामको गीत समेत निकै उत्कृष्ट रहेको छ गायिका मेलिना राई र टंक बुढाथोकीको आवाज र टंक बुढाथोकीको शब्द संगीतमा रहेको छ गीत म त बदलिए तिम्रै कारण सार्वजानिक भएको एकै दिनमा अडियो गीत समेत चर्चीत बनिसकेको छ
एक्सन नायक मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र मेरी कुसुम दर्शकहरुको पर्खाइमा रहेको एउटा सफल चलचित्र रहेको चलचित्र क्षेत्रका ज्ञाताहरुको भनाई छ एन आर घिमिरेको निर्देशन र सुनिता शर्मा बोगटीको उत्पादनमा बनेको चलचित्र मेरी कुसुमको पर्खाइको समय पनि अब धेरै छैन हेरौ छिट्टै सार्वजनिक हुने चलचित्र मेरी कुसुमको निकै मिठो गीत “म त बदलिए” अडियोमा ..
सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस