बंगालदेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो। हङकङका लागि ओपनरद्वय क्यामरोन र अंशुबमले सर्वाधिक ९५ रनको साझेदारी गरे। नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ३ विकेट लिए।

यस्तै भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले २-२ तथा सन्दिप लामिछाने १ विकेट लिए।