सुनौलो नेपाल/ काठमाण्डौ – नेपालमा जेष्ठ २५ अर्थात् ७ जुन र बिदेशमा बैशाख २२ अर्थात मार्च ५ देखि चल्ने भनी निकै चर्चामा रहेको नेपाली चलचित्र मेरी कुसुमकी नायिका हुन् हर्षिका श्रेष्ठ त्यसो त हर्षिका यस अघि नै एक दर्जन बढी चलचित्रमा सफल जमिसकेकी नायिका हुन्  । एक्सन प्रधान चलचित्र भनेर बजारमा निकै चर्चा रहेको मेरी कुसुममा उनी नायक मोहन बोगटीसंगको ससक्त अभिनयमा छन् ।

मेरी कुसुममा नयाँ भए पनि नायक बोगटीसंग खेल्दा कुनै  अप्ठेरो  महसुस नभएको र चलचित्र निकै सफल हुनेमा आफु आशावादी रहेको सुनौलो नेपालसंगको कुराकानीमा उनले बताइन । आफुलाई बोल्ड अवतार सुहाउने दर्शकले बताउदै आएको भएपनि यो चलचित्रमा भने फरक भूमिकामा रहेको त्यो भूमिका समेत दर्शकले उस्तै रुचाउने उनको आशा छ ।

निकै सुन्दर ठाउहरुमा दृस्यकंन गरिएको उनको भनाई छ  कस्तो छ त नेपाली चलचित्र मेरी कुसुम हेरौ सुनौलो नेपालका लागी जे सागरले  नायिका हर्षिका श्रेष्ठसंग गरेको रोचक कुराकानी ..

भिडियो कुराकानी