एजेन्सी  मह र ल्वाङ दुबै स्वास्थ्यका लागि निकै फाइदाजनक छ । जब महमा ल्वाङलाई मिसाएर वा पिसेर हालिन्छ तब यसले स्वास्थ्यमा सकारात्मक असर पुग्ने गर्दछ । यी दुईको सम्मिश्रणले थुप्रै रोगबाट बच्न सहयोग गर्दछ । डा. भानु शर्माले यसका १० फाइदाबारे जानकारी दिएका छन् ।

तौल कमः

यसमा मेटाबोलिजम रेट बढाउँछ र तौल तीब्र रुपमा कम गर्न सहयोग गर्दछ ।

बढ्नेछ छालाको चमकः

मह र ल्वाङ दुबैमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । यसले छालालाई नरम र चम्किलो बनाउन सहयोग गर्दछ ।

संक्रमणबाट जोगाउँछः

यसले शरिरको प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ र रुघा–खोकीजस्ता संक्रमणबाट बचाउने गर्दछ ।

घाउ भर्न सहयोगीः

यसमा एन्टी फंगल गुण हुन्छ । यसले घाउ चाँडै ठिक हुन मद्दत गर्दछ ।

क्यान्सरबाट जोगाउँछः

यसमा एन्टीअक्सीडेन्ट्स हुन्छ जसले क्यान्सरबाट जोगाउन सहयोग गर्दछ ।

मुटुरोगबाट जोगाउँछः

मह र ल्वाङ दुबैमा फ्लेवोनाइड्स हुन्छ जसले मुटु रोगबाट बच्न सहयोगी भूमिका निर्वाह गर्दछ ।

ऊर्जावान्ः

यसमा कार्बोहाइड्रेट हुन्छ जसले तपाईंलाई ऊर्जावान् राख्छ ।

पाचन क्रिया ठिक गर्दछः

यो खाँदा मुखमा र्याल बढि बन्ने भएकाले यसले पाचन क्रियालाई ठिक राख्न मद्दत गर्दछ ।

दाँतको दुखाई कम गर्छः

यसमा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नी दुखाई कम गर्न मद्दत गर्दछ ।

मृगौला समस्याबाट बचाउँछः

यसले शरिरको टक्सिन टाढा राख्छ र मृगौला, कलेजोको रोगबाट बचाउँछ ।